×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको १७ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, यी सुविधाहरु पाउन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको १७ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, यी सुविधाहरु पाउन सकिने

६ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्साको पर्सागढी नगरपालिका– १ मनवा बजार, पर्वतको मोदीगाउँपालिका – ७ राम्जा ठाँटी, परासीको सुनवल नगरपालिका – ११ जर्गाहा, संखुवासभाको चैनपुर नगरपालिका – ११ लोहाकोट, पाल्पाको पुर्वखोलागाउँपालिका – ५ वीरकोटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यसका साथै बैंकले गुल्मीको रेसुङ्गा नगरपालिका – १४ पराल्मी, मोरङ्गको बेलबारी नगरपालिका – १० चाँदनीचोक एव्मबेलबारी नगरपालिका – ११ लक्ष्मीमार्ग, झापाको मेचीनगर नगरपालिका – २ भृकुटी चोक, तनहूँको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुरको चौदण्डीगढी नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ ।
यस्तै बैंकले तनहूँको व्यास नगरपालिका – ५ नेपालटार, चितवनको इच्छा कामना गाउँपालिका– ७ भालुमारे, चितवनकै कालिका नगरपालिका – ९ शक्तिखोर र गुल्मीको सत्यवती गाउँपालिका – ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । थप १७ सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ ।
यसका साथै बैंकले दमक शाखा, काठमाडौं कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ ।
बैंकले १३७ शाखा, २६ एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४८ एटिएम तथा १५५ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि, सम्पर्क कार्यालयहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान बैंकले पु¥याउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी