Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई र एनएलजी इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन सकिने

अर्थ सरोकार

काठमाडौँ – ग्लोबल आइएमई बैंक लि. र एनएलजी इन्स्योरेन्स कम्पनी लि.बीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनएलजी इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का १३७वटै शाखाहरु मार्फत एनएलजी इन्स्योरेन्स कम्पनी लि.को निर्जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK