Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई उपचारमा १०%सम्म छुट

अर्थ सरोकार

काठमाडौँ – ग्लोबल आइएमई बैंक लि. र सुमेरु अस्पताल प्रा.लि. बीच सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पताल प्रा.लि.का निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरे । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।
उक्त सम्झौता पश्चात सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK