काठमाडौं – तिलोत्तमा–१३ र १४स्थित टिकुलीगढ रुपन्देहीका तीन सय ४३ दुग्ध उत्पादक कृषकहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट उत्पादनको आधारमा प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले उत्पादनमा आधारित कृषि प्रोत्साहन पाएका छन् ।
श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिडमिटेमा आवद्ध कृषकहरुलाई संस्था मार्फत वितरण गरिएको प्रदेश सरकारको उक्त प्रोत्साहन कार्यक्रमले कृषकहरुमा एक खालको उर्जा उत्पन्न भएको छ भने, कृषि पेशामा युवा आकर्षण बढ्न सक्ने पूर्वानुमान पनि गरिएको छ ।
उक्त दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा शनिबार तिलोत्तमा–१३ बनकट्टीमा एक कार्यक्रम गरेर प्रदेश सरकारको उक्त प्रोत्साहन रकम वितरण गरिएको संस्थाका व्यवस्थापक रामहरी शर्माले जानकारी गराएका हुन् ।
शर्माका अनुसार २०७४ साउन १ गते देखि २०७५ असार ३२ गते सम्म सहकारीमा दुध बिक्री वितरणको लागि लैजाने तीन सय ४३ दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले छ लाख लिटर दुधको ११ लाख ५२ हजार प्रोत्साहन वापतको रकम दुग्ध उत्पादक कृषकलाई उपलब्ध गराईएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्