×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको ५९औँ शाखा सुकेधारामा, सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठद्वारा उद्घाटन

PRIME CA
GLOBAL IME BANK

हिमालयन बैंकको ५९औँ शाखा सुकेधारामा, सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठद्वारा उद्घाटन

१२ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुकेधारा

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका-४, सुकेधारामा असार १२ गतेदेखि आफ्नो ५९औँ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे ।
सो अवसरमा उहाँले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिंग सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए । समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा भएको थियो । स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि समारोहमा उपस्थिति रहेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: