Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंक पनि अव कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा

अर्थ सरोकार

काठमाडौं – हिमालयन बैंक पनि अव कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्व भएको छ । नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा हिमालयन बैंकलाई पनि उक्त प्रणालीमा आवद्व गराएको छ । अब हिमालयन बैंकका ग्राहकहरुले पनि यस प्रणाली मार्फत आङ्खनो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्व गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्छ आईपीएस छनौट गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK