काठमाडौँ – नेपालका लागि टिभिएस टु व्हीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि देशभर प्रत्यक घरमा टिभिएस बाईक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टिभिएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता जगदम्बामोटर्स प्रालिका भाईस प्रेसिडेन्ट दीपककुमार अग्रवालले गरेका थिए । त्यसैगरी प्रमुख अतिथिको रुपमा नाटुका अध्यक्ष जीवन अधिकारीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा टिभिएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि रु. ५१,००० आर्थिक सहायता प्रदान गरिने घोषणा पनि गरिएको थियो भने नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट रु. २०० उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो ।
काठमाण्डौंमा आयोजित प्रशिक्षण शिविर कार्यक्रमको औचित्यको बारेमा दीपककुमार अग्रवालले प्रकाश पारेका थिए । जगदम्बा मोटर्स प्रालिले तालिम तथा बीमा कार्यक्रम ६७ स्थानहरुमा सञ्चालन गरी ३००० मेकानिकलाई तालिम दिने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्