×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकहरुले नारायणी सामुदायिक अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकहरुले नारायणी सामुदायिक अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

१५ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
सम्झौता पश्चात चितवन लगायत आसपास क्षेत्रका कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । उक्त सम्झौतापत्र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं ५ का क्षेत्रीय प्रबन्धक चरन तिमिल्सिनाले आदान प्रदान गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी