काठमाडौं – ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ कामना सेवा विकास बैंकले खल्ती (डिजिटल वालेट) प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई विभिन्न सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पेको खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको हो ।
बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोवाइल टप अफ गर्ने लगायत अन्य विभिन्न भुक्तानीमा सहयोगी हुने बंैकले जनाएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४३ वटा एटिएम मार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्