×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथाको फेदमा कुमारी बैंकको एटीएम सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सगरमाथाको फेदमा कुमारी बैंकको एटीएम सेवा सुरु

Artha Sarokar

२० जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कुमारी बैंक लिमिटेडले सर्वोच्च शिखर सगरमाथाको फेदमा एटीएम काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिंगबोचेमा एटीएम सुविधा सुचारू गरेको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिंगबोचे, सोलुखुम्बु स्थित ४,४१० मिटर (चार हजार चार सय दश मिटर) उचाइमा अवस्थित उक्त एटीएम देशकै सबैभन्दा उँचाइमा रहेको एटीएम हो ।
उक्त उद्घाटन समारोह बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ बासिन्दा फु ताशी शेर्पाले संयुक्त रुपमा सम्पन्न गरेका हुन् । खुम्बु क्षेत्रका पदमार्गी पर्यटकलगायत स्थानीय बासिन्दालाई नगद बोकेर हिँड्ने झन्झटबाट मुक्ति दिलाउँदै कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटीएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ । 
हालसम्म बैंकले देशभर रहेका ९० शाखा सञ्जाल, ८४ एटीएम, तीन वटा एक्स्टेनसन काउन्टर लगायत ३ वटा शाखारहित इकाइमार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी