×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सूर्योदय लघुवित्त संस्थाकी कर्मचारीमाथि लुटपाट मच्चाउने लुटेरा पक्राउ ! लुटेराको नाम भने ‘निर्दोष’ !

प्युठान । सूर्योदय लघुवित्त संस्थाकी कर्मचारी सुशीला केसीको साथमा रहेको ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । पैसा लुटेको २४ घन्टा नबित्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेर बहादुरीसमेत देखाएको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका २ मा गाउँबाट समूहको पैसा बोकेर भिङ्ग्रीतर्फ आउँदै गरेकी संस्थाकि कर्मचारी सुशीला केसीको साथमा रहेको रकम उक्त लुटेरा समूहले ब्ल्यांकेटले ढाकेर लुटेको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीको नेतृत्वमा गएको प्रहरी टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो। 
पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका २ का जीवन हमाल, निरज विक, कुशल सेन र निर्दोष सेन ठकुरी रहेको डिएसपी बुढाथोकीले जानकारी दिए।

(यसअघि ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ लुट्नेलुटेरालाई प्रहरीले पक्राउ गरेको छ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक )

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: