काठमाडौं – नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिकाबीच नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने सम्झौता भएको छ ।
आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे प्रवाहित गरी बर्षैभरी फूललाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ । काठमाडौं महानगरपालिका नगर प्रमुख बिद्यासुन्दर शाक्यले नबिल बैंकसंगको सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिए ।
उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले यो सहकार्यले हरितकरण प्रयासलाई टेवा पुर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृद्धी गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्