काठमाडौं – एनसीसी बैंक अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु गर्ने भएको छ । २०७६ साल आषाढ ३ गतेबाट एनसीसी बैंकको भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो ।
बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि एटिएमरपिओएस् मेशिन मार्फत सामान वा सेवा लिन सकिने, इएमभि मा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुविधा रहेको छ ।
एनसीसी बैंकको भिसा क्रेडिट कार्डको शुरुमा नै बैंकले असार महिना भरि नयाँ एसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी बैंकको भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ ।
देशभरि बैंकको १ सय २० वटा शाखा कार्यालय, ८१ वटा एटिएम मेशिनबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ । साथै एनसीसी डेविड कार्ड, एनसीसी अस् ट्राभल भिसा कार्ड, एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएस्बिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको पनि बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्