Skip to content
LAXMI SUNRISE BANK

एनसीसी बैंक र आइएमई पेबीच डिजिटल वालेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक) र आइएमई डिजिटल सोलुसनको आइएमइ पे बीच डिजिटल वालेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीचका सहमति पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र आइएमइ पे का तर्फबाट संचालक खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि एनसीसी बैंकका ग्राहकहरुले इन्टरनेट बैकिङ तथा मोबाइल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम खल्तिमा लोड गरी मोबाइल टप अफ, एयर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महशुल भुक्तानी, सिनेमा, टिकट भुक्तानी जस्ता बिभिन्न अन्य सुबिधाहरु प्राप्त गर्न सक्ने छन् । बैंकले आफ्ना १२० शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै देशभर ८१ एटीएमहरु सञ्चालनमा रहेको जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK