×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई

Artha Sarokar

४ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल लोक स्टारको मुख्य प्रायोजन आईएमई ग्रुपले गर्ने भएको छ । लोकसंगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाल लोक स्टान रियालिटी शो हुने छिटै प्रशारण हुँदै छ । 
यस कार्यक्रमको लागत करिब १० करोड रुपैयाँको रहेको छ । यस अर्थमा नेपाल लोक स्टार नेपालको सबै भन्दा ठूलो मौलिक रियालिटी शो बनेको छ ।
७ वटै प्रदेशमा अडिसन गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरु मध्येबाट सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी ओपन अडिसनबाट छनोट गरिएको थियो । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५ लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कार का साथै तीनै विजेतालाई एल्बरको कन्ट्र्याक दिइने आयोजकले बताएको छ ।
मेगा अडिसन सकिएर यही असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपी वान मा हुँदैछ । कार्यक्रमको ३६ श्रृखला निर्माण हुने पनि आयोजकले बताएको छ । 
कार्यक्रम निर्माणको प्रमुख प्रायोजकको रुपमा आईएमई आवद्ध भएको छ । आईएमई र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि नै भइसकेको छ । आज भाएको सम्झौतामा कार्यक्रमको नाम आईएमई नेपाल लोक स्टार रहनेछ । भोटिङ राउन्डमा आईएमई पेको एपमार्फत गर्न सकिने पनि आईएमईले जनाएको छ ।
लोक स्टारको सम्झौता पश्चात एड प्याडका अध्यक्ष सुदिप थापाले नेपाली लोक संगीतका लागि आईएमई लोक स्टार कोसेढुङ्गा साबित हुने र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने बताए । उनले नेपाली माटोलाई सुहाउँदो यस्ता मौलिक रियालिटि शोहरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझ उकास्ने निश्चित भएको पनि बताए । 
त्यसैगरी आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपालको आफ्नो स्थानिय अवधारणामा आयोजना हुन लाएको आईएमई नेपाल लोक स्टारसँगै जोडिन पाएकोमा गौरवान्वीत भएको बताए । नेपाली लोक संगीत प्रवर्धन र जर्गेनाका निम्ति आफ्नो सानो प्रयास समेत भएको बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी