काठमाडौँ – एनआईसी एशिया बैंकले झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा ३० औं र ३१ औंं शाखारहित बैंकिङ सेवा जेठ २० गतेबाट सञ्चालनमा ल्याएको छ ।
घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा पार्वतीकुमारी राजवंशीलाई नियुक्त गरिएको छ ।
यसैगरीे, आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पञ्चमूल गाउँपालिका–१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरेका हुन् । पञ्चमूलको शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा गंगाधर ढकाललाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्