काठमाडौं – एनआईसी एशिया बैंकले एकैसाथ तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा बुधबारबाट आफ्नाे ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
उक्त बैंकले सीतापुर शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले गरेका हुन् भने गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्ले गरेका हुन् ।
उक्त सेवाबाट स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । करिब १६ लाख ग्राहक प्रभावित भएको यस बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा/शाखारहित बैंकिङ्ग सेवा संचालन गर्ने योजना अगाडि सारेको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताएका छन् ।
उक्त बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्