Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको २ नयाँ शाखा बल्खु र लमहीमा, शिवाकोटी र के.सी.द्वारा उद्घाटन

अर्थ सरोकार

 बल्खु

काठमाडौँ – प्रभु बैंक लिमिटेडले एकै साथ २ वटा नयाँ शाखा कार्यालयलहरु सञ्चालन गरेको छ । बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. १४ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमही शाखा सञ्चालनमा ल्याएको हो । 
काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी.ले एक समारोहका विच  उद्घाटन गरे । 
आजैदेखि सञ्चालनमा आएका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए । बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेका थिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK