काठमाडौँ – श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखाले देवचुली नगरपालिका–१६, रजहर स्थित देवचुली माध्यमिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
श्री ईन्भेष्टमेन्ट फाईनान्सको २५ औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई झोला वितरण गरिएको श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखा प्रबन्धक हरीसापकोटाले बताए ।
विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं. १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री,बिशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बोहरा, विद्यालय प्रधानाध्यापक नारायण प्रसाद भन्डारी, देवचुली कलेजका क्याम्पस प्रमुख राजनगौतम, हर्कपुर शाखाका प्रबन्धक रोशन सुवेदी तथा फाईनान्सका कर्मचारीको उपस्थितिमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो ।
निम्न आर्थिक अवस्था भएका सो विद्यालयका विद्यार्थीहरुलाई ११० थान स्कुल झोला वितरण गरिएको फाईनान्सले जनाएको छ । २०५२ सालमा स्थापना भएको श्री ईन्भेष्टमेन्ट फाईनान्सको देशभर १३ वटाशाखा रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्