Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पुर्ण शाखाबाट वीमा सेवा लिन सकिने

अर्थ सरोकार

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र जनरल इन्स्योरेन्स कमपनी नेपाल लिमिटेडका तर्फबाट महाप्रबंधक एस.के तमोटले हस्ताक्षर गरे। 
त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक निर्जीवन बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए  ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ ATM र १,३०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK