×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकको दुई नयाँ शाखा चितवन र पर्सामा

PRIME CA
GLOBAL IME BANK

सिन्धु विकास बैंकको दुई नयाँ शाखा चितवन र पर्सामा

१२ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

 चितवन

काठमाडौं – सिन्धु विकास बैंकले चितवनको टाँडी र पर्सा बजारमा शाखा विस्तार भएको छ । टाँडी शाखा चितवन जिल्ला, रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका हुन् भने पर्सा शाखा चितवन जिल्ला, खैरहनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष टेकबहादुर आचार्यले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको अन्य स्थानहरुमा र मकवानपुर जिल्लाको विभिन्न स्थानमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती र हाल टाँडी र पर्सा गरी कुल १६ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १८ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: