काठमाडौं – उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै सनराइज बैंकले हेल्थ केयर कार्डको शुभारम्भ गरेको छ । उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पि.ओ.एस.बाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढि रकमको भुक्तानीको सुबिधा प्रयोग गर्न सक्नेछन् । यो कार्डबाट भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५% देखि ५०% सम्म छुट समेत प्राप्त गर्न सकिन्छ ।
हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको बिवरण र डाक्टरको सिफारीस वा अन्य जानकारीको कागजपत्र बैकमा पेश गर्नु पर्नेछ । यदि कुनै सिफारिस वा थप अन्य जानकारीको कागजपत्र नभएको अवस्थामा पनि उक्त कागजपत्रहरु उपचार पश्चात दिने शर्तमा हेल्थ केयर कार्ड लिन पनि सकिने छ । साथै हेल्थ केयर कार्ड विरामी आफैँ उपस्थित हुन नसकेको अवस्थामा विरामीको नजीकको नातेदारको नाममा पनि जारी गर्न सकिने छ ।
त्यस्तै, सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चस, बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् । बिगतका योजना अनुसार बषमा एक चोटी बीमा दाबी गर्न सकिन्थ्यो भने चैत्र १, २०७५ सालदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याइएको छ । साथै बैंकका बचतकर्ताहरुले ५ लाखसम्मको दुर्घटना बीमा र १०० भन्दा बढी अस्पतालहरुमा २०% सम्म छुट दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्