×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा मोटर्सद्वारा ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ आयोजना, १ लाखसम्म नगद पुरस्कार जित्ने मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जगदम्बा मोटर्सद्वारा ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ आयोजना, १ लाखसम्म नगद पुरस्कार जित्ने मौका

Artha Sarokar

४ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।
यो नेपालमै पहिलो पटक आयोजन हुन गइरहेको विषेश किसिमको मेला हो । असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्नेछन् ।
जस अनुसार ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता रु.५,५००÷बाट सुरु हुनेछ । ग्राहकहरुले हरेक एक्स्चेञ्जमा रु.३०,०००÷सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्राच कार्ड मार्फत रु. ७,०००/-देखि रु.१,००,०००/-सम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौकापनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् ।
टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् टिभिएसले आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी