×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा, चापागाई, अग्रवाल र कर्णद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यूनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा, चापागाई, अग्रवाल र कर्णद्वारा उद्घाटन

Artha Sarokar

६ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बबरमहल

काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन बिहीबार(आज) बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले यूनियन लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमा आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिएका छन् । साथै, देशमा बीमा व्यवसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउँदै नेपालमा बीमाको कभरेज २० प्रतिशतभन्दा बढि पुग्ने अवस्था रहेको उनले बताए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लाल कर्णले कम्पनीले आ.व. २०७५।७६ को जेष्ठ मसान्त सम्म १ अर्ब ९२ करोड प्रथम बीमा शुल्क संकलन गरेको जानकारी दिए । कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देशभर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी