काठमाडौं – देवः विकास बैंकले (साविकको वेष्टर्न डेभलपमेन्टका सेयरधनीको) १४.७४% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाइदिएको छ । बैंकले उक्त लाभांश गत जेठ २६ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएको हकमा जम्मा भएको र सो मिति पश्चात बैंक खाता अद्यावधिक गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको सूचना बैंकले दिएको छ ।
लगानीकर्ताले आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । खाता खोलेपछि बैंकले नगद लाभांश जम्मा हुने बैंकको भनाई छ । यसैगरी, गत जेठ २ गतेसम्म धितो बन्धक राखी कर्जा लिएकाहरुको नगद पाउन कर्जा लिएको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरेर फुकुवा गर्न निवेदन दिनुपर्नेछ । अनिमात्र नगद लाभांश खातामा जानेछ ।