![](https://1.bp.blogspot.com/-TrRQsEWPqTc/XTcwyOlwbWI/AAAAAAABPCQ/A7JDu69qCCcweb-AM8VzUnIEJmSnJkJUgCLcBGAs/s1600/mahalaxmi.jpg)
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो बर्षको बिकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ (बिपिए) अवार्ड महालक्ष्मी बिकास बैंकलाई प्रदान गरेको छ । छनोट भएका वित्तीय प्रतिवेदनमध्ये बिकास बैंकतर्फ सर्वोत्कृष्ट महालक्ष्मी हुँदा फर्ष्ट रनरअप फर्ष्ट माइक्रोफाइनान्सले पाएको छ । यस्तै वाणिज्य बैंकतर्फ उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड एनआइसी एशिया बैंकले पाउँदा क्रमश: दोश्रो र तेश्रो अर्थात फर्ष्ट रनरअप र सेकेन्ड रनर अप बिपिए अवार्ड एनएमबि बैंक र सिटिजन्स बैंकले पाएका छन् ।