काठमाडौँ – कर्मचारी सञ्चय कोष र चरक मेमोरियल हस्पिटल प्रा. लि. पोखराबीच सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषका सम्पूर्ण कर्मचारी तथा सञ्चयकर्ताले चरक मेमोरियल हस्पिटल पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार चरक मेमोरियल हस्पिटल पोखरामा उपचार गराउँदा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारीहरुले सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सम्झौताले कर्मचारी सञ्चयकोषका ६ लाख सञ्चयकर्ता तथा कर्मचारीहरु लाभान्वीत हुने बताइएको छ ।
सम्झौतापत्रमा कोषको पोखरा शाखाका प्रमुख दिलीपराज पौडेल र हस्पिटलका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्