×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेसबीच साझेदारी, विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा

PRIME CA
GLOBAL IME BANK

हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेसबीच साझेदारी, विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा

१७ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिसँग साझेदारी गरेको छ । हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले एमओयूमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । यो इनिशिएसन जुलाई १, २०१९ बाट प्रारम्भ हुनेछ ।
हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो इनिशिएसन गरेको हो । यसको शुरुवातसँगै ग्राहकहरु विभिन्न तरिकाले लाभान्वित हुनेछन् जस्तै उनीहरुले वारेन्टी दावी गर्न सक्नेछन्, ओसार–पसार छिटो हुनुका साथै त्यस क्रममा हुने तोडफोडको जोखिम समेत परिपूर्ति हुनेछ । साथै हिम इलेक्ट्रोनिक्सले मध्यपूर्वदेशहरुमा टिभी किन्दा लाग्ने रकममै विश्वकै नं. १ सामसङ्ग टिभी प्रदान गर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: