×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनसेवी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २७९.५७%ले वृद्धि !

PRIME CA
GLOBAL IME BANK

जनसेवी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २७९.५७%ले वृद्धि !

९ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १ करोड ४६ लाख १० हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २७९.५७% ले धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ३८ लाख ४९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
संस्थाको जगेडा कोषमा पनि मजबुद बन्दै गएको छ । संस्थाको जगेडा कोष ३३८.९०% ले वृद्धि गरेर १ करोड ५९ लाख ५२ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष संस्थाको जगेडा कोषमा ४३ लाख  २० हजार रुपैयाँ रहेको थियो । 
यता, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ८५.५५%ले बढाएर ४ करोड ५५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यहि अवधिमा संस्थाको खुद ब्याज आम्दानी २ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको थियो । साथै, सञ्चालन नाफा पनि २७९.६१% ले बढेर २ करोड २९ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । 
यो चौथौ त्रैमाससम्ममा संस्थाले निक्षेप संकलन १९ करोड ६२ लाख ९१ हजार रुपैयाँ रहेको छ भने कर्जा ६६ करोड १० लाख ९३ हजार रुपैयाँ लगानी गरेको छ। संस्थाको खराब कर्जा पनि ०.४४%ले घटेर १.८७% रहेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: