×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बढ्दै जनता बैंक, एकैसाथ ६ नयाँ शाखा सञ्चालकमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ असार २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

शाखा विस्तारमा अघि बढ्दै जनता बैंक, एकैसाथ ६ नयाँ शाखा सञ्चालकमा

काठमाडौँ
काठमाडौँ – देशको ग्रामिणतह सम्म बैंकिङ पहुँच पुर्याई सहज र सरल वित्तीय सेवाउपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको यस जनता बैंक नेपाल लिमिटेडले आज एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाटकारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिर बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो ।
तौलिहवा शाखाको उद्घाटन संघीय संसदका सांसद बृजेशकुमार गुप्ताले गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंवर क्षेत्रीको समेत उपस्थिति रहेको उक्त समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैंकको बारेमा मन्तब्य राखेका थिए । यसैगरी काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक श्री गौतम प्रसाद खनालले उद्घाटन गरे भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनित कुमार अग्रवालबाट संयुक्त रुपमा उद्घाटन गरे । साथै सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर श्री नृपबहादुर वड र बैकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराजजङ्ग राजभण्डारीले उद्घाटन गरेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: