
काठमाडौ – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’ नामक प्रडक्ट बजारमा ल्याएको छ । शुक्रबार कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त प्रडक्टको औपचारिक शुभारम्भ गरेका हुन् । ज्योति लाइफका बिमितहरुले अबदेखी घातक रोग लाग्दा अस्पतालबाट वित्तीय छुट प्राप्त गर्न सक्ने छन् ।
कार्यक्रममा बोल्दै कम्पनी सञ्चालक समिति अध्यक्ष शर्माले भने–‘जीवन बीमा सेवामूलक क्षेत्र भएकाले हामीले बिमितको हितमा काम गर्नु पर्छ भन्ने लक्ष्य राखेका छौँ, सोही उद्देश्यका साथ ‘ज्योति केयसर्’ कार्ड बजारमा आएको हो ।’ उनले आफूहरुले सहकार्य गर्दै आएका संस्थाहरुमा थप वृद्धी गर्ने र सो कार्यपनि बिमितिको हितमै केन्द्रीत हुनेमा जोड दिए ।
कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्रीले भने–‘हामी सञ्चालनमा आएको २ वर्षपनि पुगेको छैन, तर हामीले बजार ल्याएका कतिपय प्रडक्टहरु पहिलो नै बनेका छन् ।’ उनले आगामी दिनमा समेत त्यस्ता नौला प्रडक्टहरु ल्याएर बिमित हितमा काम गर्ने बताए ।
के हो त ज्योति केयर्स ?
‘ज्योति केयर्स’ सुविधा ५ लाख रुपैयाँ वा सो भन्दा बढीको बीमाङ्क बराबर सावधिक जीवन बीमा गर्ने सबै बिमितलाई उपलब्ध हुन्छ । बिमितलाई ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म नगद छुट हुने व्यवस्था छ । साथै, बिमितले ईमेलको माध्यमबाट ज्योति केयरको बारेमा सूचना आदान–प्रदान गर्न सक्ने कार्यक्रममा बताइयो ।
हाल ७ वटै प्रदेशका कार्यालयहरुमा ‘ज्योति केयर्स’ को कार्ड तथा चिठ्ठी पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीले कार्ड पाउने बिमित तथा सबै सरोकारबालाहरुले यो सेवा प्राप्त गर्ने जनाएको छ । कम्पनीले आफ्नो स्थापनाको २० महिनामा १ सय ५ भन्दा बढी शाखा सञ्जाल बिस्तार गरेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्