
बैंकले सार्वजनिक गरेको योजना अनुसार बचत खाता खोल्न न्यूनतम १० हजार बचत राख्नुपर्नेछ । यो बचत खाता खोल्दा दम्पत्तिलाई १० लाख दरको रु. २० लाखसम्मको आकस्मिक दुर्घटना बिमाका साथै पूर्ण शारिरीक अशक्तता बिमाको कभर प्राप्त हुनेछ । बैंकले दिएको जानकारी अनुसार परिवारका चारै सदस्यलाई १० घातक रोगहरुका लागि ५ लाखसम्मको बिमाको सुविधा प्रदान गरिएको छ ।