×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कुमारी बैंकको ५ नयाँ शाखा सञ्चालनमा, काठमाडौँबाटै गरियो ई-उद्घाटन

बर्दिबास

काठमाडौँ – कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर ५ नयाँ शाखाहरुको ई-उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाईल-प्रविधिबाट ई-उद्घाटन गरेका हुन् ।
बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन चाँही बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो । ५ शाखा बिस्तार पश्चात कुमारी बैंकको कूल शाखा सञ्जाल संख्या ९८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: