×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्राउड सोर्सिङ मार्फत भिषा कार्डको डिजाइन खोज्दै लक्ष्मी बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्राउड सोर्सिङ मार्फत भिषा कार्डको डिजाइन खोज्दै लक्ष्मी बैंक

Artha Sarokar

१६ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त भिषा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङको प्रकिृयाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ । उक्त प्रतियोगिताको मुल उद्देश्य सातै प्रदेशका मौलिक कला, संस्कृती र विषेशता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी भएको बैंकले जनाएको छ । यसले गर्दा ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स् समेत प्रदान गराउने बैंकको भनाई रहेको छ ।
डिजाइन मौलिक, अद्वितीय एवं कपिराइट उलंघन नभएको हुनुपर्ने बैंकको शर्त रहेको छ । प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्नेछन् । कार्ड डिजाइन गर्दा प्रदेशको मौलिककला, सँस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ । कन्सेप्ट फोटो, पेन्टिङ्ग वा ग्राफिक इलसट्रेशन मार्फत पेश गर्न सकिने बैंकले जनाएको छ ।
प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कार स्वरुप ५० हजार प्राप्तगर्न सक्नेछन् । विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकमा निहीत रहेने जनाइएको छ । प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई ३१ तारिख सम्ममा बुझाइसक्नु पर्ने छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी