काठमाडौं – माछापुच्छ्रे बैंकको ऋणपत्र भर्ने समय लम्बिएको छ । बैंकले तोकिएको समयसम्ममा आवश्यक मात्रामा आवेदन नपरेको हुनाले समय लम्बिएको हो । अव यस ऋणपत्रमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले खुल्ला गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला गरेको हो भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
माछापुच्छ्रेले १० वर्ष अवधिको ‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ ।
बैंकले निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ ।
माछापुच्छ्रेको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्