काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकका गभर्नरले फेसबुक लगायतका सामाजिक संजालमा विज्ञापन गर्न पेमेन्ट गेटवेको व्यवस्था गरिने बताएका छन् । यो घोषणालाई अझ स्पष्ट पार्दा पेपाल लगायतका केहि गेटवेहरुलाई राष्ट्र बैंकले बैधानिकता दिने संकेत देखिएको छ ।
यस्तै मर्जरमा जाने बैंकका सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरले यस्तो घोषणा गरेका हुन् । यसअघि वाणिज्य बैंक तथा विकास बैंकका सीइओहरुलाई कुलीङ पिरियड लागु हुने गरेको थियो । अव मर्जरमा जाने बैंकहरुको हकमा यो नीति लागु नहुने भएको छ ।