×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

PRIME CA

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

३० असार २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नबिल बैंकले बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो ३५औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले शनिबार मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकको ३०औं वार्षिकोत्सबको उपलक्षमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यस समय पछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाई तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गरी आएको छ ।
बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: