Skip to content
LAXMI SUNRISE BANK

सरकारी स्वामित्वको नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि भ्याकेन्सी खुलायो, को बन्ला त ‘लक्की’ सिईओ ?

अर्थ सरोकार

काठमाडौं – नेपालको जेठो बैंक नेपाल बैंकले लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको प्रकृयालाई अघि बढाएको छ । बैंकले करिब चार महिनादेखि रिक्त रहेको (सिईओ ) पदमा खुला प्रतियोगिताबाट नियुक्त गर्ने भएको हो । 

सरकारी स्वामित्व रहेको यस बैंकले आज सार्वजनिक सूचना जारी गरी आवेदन दिन पाउने प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लागि आवेदन आह्वान गरेको हो । मासिक पारिश्रमिक ३ लाख र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम र अन्य सुविधा पाइने उक्त सिईओ पदका लागि २१ दिनभित्र बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौँमा आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।
ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् भने बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैंकले सावृजनिक गरेको सुचनामा उल्लेख गरिएको छ ।
साथै आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएका दुई व्यवसायिक योजना र त्यसको सफ्ट कपी समेत सिलबन्दी गरी बैंकमा पेश गर्नुपर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये सम्भावित ५ जना उम्मेदवार छनोट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गरिने जनाइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK