काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले ‘विकास ऋणपत्र २०८१ ग’ नाम दिइएको उक्त ऋणपत्र ५ वर्षका लागि जारी गर्न लागेको हो। उक्त ऋणपत्रको ब्याजदर असार २६ गते हुने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
यो ऋणपत्र असार २६ गते अपरान्ह ३ बजे बोलकबोल गरी असार २७ गते निष्कासन हुनेछ । साँवा भुक्तानी हुने मिति २०८१ असार २७ गते रहेको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपामा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल स्टक एक्सचेन्ज मार्फत दोस्रो बजारमा यस ऋणपत्रको कारोबार गर्न मिल्नेछ ।
यता, प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमाशः निष्कासित रकमको ८०% र २०% अर्थात ९६० करोड रुपैयाँ र २४० करोड रुपैयाँ छुट्याइएको छ । लगानीकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्