×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ४ अर्व ४० करोड बराबरको ऋणपत्र बिक्री खुल्ला, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया बैंकको ४ अर्व ४० करोड बराबरको ऋणपत्र बिक्री खुल्ला, कहाँ जाने भर्न ?

Artha Sarokar

६ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआइसी एसिया बैंकको ४ अर्व ४० करोड बराबरको ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले प्रतिकित्ता १ हजारको दरले ४४ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने लागेको हो । जसमध्ये १७ लाख ६० हजार कित्तामा सर्वसाधारणलाई छुटाईएको छ भने बाँकी २६ लाख ४० हजार कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ ।
एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । लगानीकर्ताले उक्त ऋणपत्रमा साउन ६ गतेदेखि साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी-आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी