काठमाडौं – एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । बैंकले बिक्रीमा ल्याएको ऋणपत्र तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको हुनाले गर्दा म्याद लम्बिएको हो । अव यस ऋण पत्रमा भदौ ३ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउने भएको छ । बैंकले प्रतिकित्ता १ हजारको दरले ४४ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १७ लाख ६० हजार कित्तामा सर्वसाधारणलाई छुटाईएको छ भने बाँकी २६ लाख ४० हजार कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ ।
एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी-आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्