×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १५% सम्म छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १५% सम्म छुट पाउने

Artha Sarokar

३० असार २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनआईसी एशिया बैंक लि. र ग्लोबल हस्पिटल प्रा.लि. ग्वार्को, ललितपुरबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने भएको छ । 
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरे। 
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी