काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरे ।
यसैगरी एनआईसी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकलाई टीका रिसोर्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्