काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट, प्रा.लि. बसुन्धरा, काठमाडौंबीच सेवा सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राज भण्डारीले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।