Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको २ नयाँ शाखा पर्वत र कास्कीमा, प्रेम शर्मा पौडेल र घनश्याम चपाईद्वारा उद्घाटन

अर्थ सरोकार

काठमाडौं– प्रभु बैंक लिमिटेडले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित बिरेठाँटीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले द्घाटन गरे ।
आजदेखि सञ्चालनमा आएका प्रभु बैंकका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथीहरुले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए ।
बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरे ।
सञ्चालनमा आएका बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK