
काठमाडौं – प्रभु बैंकले बीर अस्पतालमा चौविसै घण्टा खुल्ने एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले अस्पतालमा उपचार गराउँन आउने सर्वसाधारणको सुविधाका लागि अस्पताल प्रशासनसँगको सहमतिमा बैंकले साउन १ गतेदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको छ ।
प्रभुले हज यात्राका लागि मक्का मदिना जाने नेपाली मुस्लिम धर्मालम्बीहरुका लागि विदेशी मुद्रा सहटीको सुविधा पनि साउन १ गतेदेखि नै काठमाडौंको घण्टाघरबाट दिन थालेको छ । हज यात्राका लागि जाने एक हजार दुई सय जनालाई लक्षित गरी बैंकले प्रति ब्यक्ति एक लाख रुपैयाँ बराबरको सुविधा दिने जनाईएको छ ।
हालसम्म बैंकले देशभर एक सय ८७ शाखा, एक सय ५० एटीएम र २५ वटा एक्सटेन्शन काउन्टर मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले गत आर्थिक बर्षको अन्त्य सम्ममा एक खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९० अर्ब कर्जा प्रबाह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्