
काठमाडौँ – प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले मिति २०७६ श्रावण १ गतेदेखि Prabhu Welcome Saving र Prabhu Salary Savings बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ । यो सुविधाको माध्यमबाट Prabhu Welcome Saving र Prabhu Salary Savings खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत रु ३,००,००० र दुर्घटना बिमा बापत रु १०,०००,००० सम्मको जोखिम बैंकले वहन गर्नेछ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुविधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने विभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्