×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैदेशिक मुद्रा साट्न अनलाइनबाटै आवेदन, प्रभु बैंकले ल्यायो मोबाइल एप ‘प्रभु इजी फोरेक्स’

PRIME CA

बैदेशिक मुद्रा साट्न अनलाइनबाटै आवेदन, प्रभु बैंकले ल्यायो मोबाइल एप ‘प्रभु इजी फोरेक्स’

६ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – प्रभु बैंक लिमिटेडले बैदेशिक मुद्रा सटही सुबिधालाई मोबाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार एक समारोहका बीच उक्त एप्लीकेशन शुभारम्भ गरेको हो ।
रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल विदेश भ्रमण गर्नेको संख्या बढ्दै गइरहेको छ । व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनु पर्ने बाध्यता रहेको अवस्थामा प्रविधिमैत्री एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ उपयोगी हुने बैंकले विश्वास लिएको छ ।
‘प्रभु इजी फोरेक्स’ मोबाइल एप हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ भने एप स्टोरमा समेत चाँडै उपलब्ध हुने बैंकले जनाएको छ । उक्त एप उपयोग गरी अनुकुल समयमा तोकिएका शाखा र काउन्टरबाट बैदेशिक मुद्रा संकलन गर्न सकिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बैंकको काउन्टरबाट समेत यो सुबिधा उपलब्ध हुने प्रभु बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: