×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा धादिङको बेनीघाटमा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा धादिङको बेनीघाटमा विस्तार

Artha Sarokar

१ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नम्बर ३, धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा न. ३ मलेखुमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी रोजगारी श्रृजना हुने बताए ।
हालसम्म बैंकले २ सय २२ वटा शाखा कार्यालय, १ सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी