×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साझा यातायातका २० नयाँ बस सञ्चालनमा आए, कुन-कुन ठाउँबाट पाइन्छ नयाँ बसका सेवा ? (भिडियो रिपोर्ट)

PRIME CA

साझा यातायातका २० नयाँ बस सञ्चालनमा आए, कुन-कुन ठाउँबाट पाइन्छ नयाँ बसका सेवा ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार

१६ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – काठमाडौँ उपत्यकाको सडकमा थप २० वटा साझा बसले सेवा दिने भएको छ । काठमाडौँ उपत्यकाको तिन वटा जिल्लाका काँठ क्षेत्रका बासिन्दालाई सजिलो हुने गरि साझा यातायातले सेवा दिन लागेको हो । सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ । यस्तै साझा यातायातले काठमाडौँ उपत्यका बाहिर पनि सेवा दिने भएको छ । 
साझा यातायातले काठमाडौँबाट पोखरा हुदै बागलुङ्ग र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवा हुदै बेलहिया सम्म रात्रीकालिन बस सेवा संचालन गर्न लागेको हो । साझा यातायातले काठमाडौँ उपत्यकामा नयाँ गाडीहरुलाई १० वटा रुटमा चलाउने भएको छ । साझाको पुरानो रुटको साथै बुङ्गमति देखि बुढानीलकण्ठ,लगनखेलबाट सातदोबाटो हुदै थानकोट,नयाँ बसपार्कबाट सुर्यविनायक र लगनखेलबाट शहीदगेट हुदै दक्षीणकाली सम्म साझाका बसहरुले सेवा दिनेछन् । साझाका २० नयाँ बस खरिद गर्न काठमाडौँमहानगरले ५ करोड र ललितपुरमहानगरले १ करोड रुपैया अनुदान सहयोग गरेका छन् । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: